कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकमा कोरोना सङ्क्रमित व्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको नीलकण्ठका नगरप्रमख भिमप्रसाद ढुङ्गानाले बताए ।
त्यसो त बिहिबार नगरवासीका नाममा भिडियो सम्बोधन गर्दै यदि कसैमा कोरोना संक्रमण भैहाले नगर सचिवालय स्ट्याण्डवाई रहेको र संक्रमितको आवश्यक औषधी उपचार खर्च पालिकाले बेहेर्ने नगरप्रमुख ढुंङ्गानाले प्रतिबद्धता जनाएका थिए ।
यससंगै नगरपालिकाले कोरोना संक्रमणको सर्तकताका लागि नगरपालिकाको टोलटोलमा संक्रमणबारे सूचीत गराउन माइकिङ गरिरहेको छ । सचेताना अभियानस्वरुप नगरबासीहरुमा कोरोना भाइरसबारे पर्चा पम्प्लेटहरू बाँडिएको र नगरपालिकाका सबै वडामा मास्क पनि वितरण गरिरहेको नगरपालिकाका सल्लाहाकार दीपक कोइरालाले जानकारी दिए ।
स्वयमसेवक नारायण कुमार श्रेष्ठका अनुसार धादिङबेशीको पुछारजार देखि क्वारेन्टाई स्थल सम्म २ सय ५० लिटर डिसइन्फेक्सन स्प्रे छरिएको छ । बाँकी ठाउँहरुमा पनि छर्दै जाने नगरपालिकाले जनाएको छ ।
तस्वीरहरु : नारायण कुमार श्रेष्ठ