संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको दुर्घटना,सबै सकुशल

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार १२:४२ मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

काठमाडौं । बिरामीहरुको संकलित स्वाबको नमुना लिन काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज दुर्घटना भएको छ ।

जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

उक्त विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित रहेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ।


सम्बन्धित खबरहरु