संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ। उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ।
युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले सेतोपाटीलाई जानकारी दिए। युवतीलाई डिस्चार्ज गरेको खबर आए पनि उनले युवती आइसोलेसनमै रहेको बताए।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो भने परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो। अस्पतालले यसअघि परिवारको परीक्षण गरिने भनेको थिएन।