युएईमा थप दुइ नेपालीमा कोरोना पुष्टि

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार ०६:४९ मा प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

युएई । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

त्याहा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तंथ्याक अनुसार २ जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक–एक जना पनि छन् ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।


सम्बन्धित खबरहरु