आज: 

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि

ओके खबर १४ चैत्र २०७६, शुक्रबार १७:४९ मा प्रकाशित ( साल अघि) २२७ पाठक संख्या

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्।

‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन्।

कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।


सम्बन्धित खबरहरु