आज: 

ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर घर फर्काइएको गर्भवतीको मृत्यु

ओके खबर १४ चैत्र २०७६, शुक्रबार १५:५२ मा प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

तनहुँ । पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा जानुभएका भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ ।

बिहीबार साँझ अस्पताल पुग्नुभएका आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटामा नै मृत्यु भएको हो ।

अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाउनुभयो । महिला नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन् ।

देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरी सहज परिस्थित भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस् भनी अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस


सम्बन्धित खबरहरु