कोभिड– १९ : १४ जनाको नतिजा नेगेटिभ

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार १५:३४ मा प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

विराटनगर । कोभिड –१९ को जोखिमलाई न्युनिकरण तथा नियन्त्रण गर्न प्रदेश नं १ सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

यसक्रममा सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको शंकास्पद बिरामीका स्वास्थ्य जाँचमा सहयोग तथा समन्वय गरिराखेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका शङ्कास्पद २० जनाको सो भाइरसको परीक्षण गर्दा १४ को नेगेटिभ नतिजा आएको र छ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा १७४ श्ययाको आइसोलेशन कक्ष र एकहजार तीनसय श्ययाको क्वारेन्टाइन रहेको बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा १०३ र आइसोलेशनमा नौ मात्र रहेका छन् ।

सो भाइरस पहिचान गर्न एक दुई दिनमा नै प्रयोगशाला सञ्चालनमा ल्याउने र थप ८०० श्ययाको आइसोलेशन स्थापना अगाडि बढेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

निजी स्तरमा सञ्चालित नोवेल मेडिकल कलेजलाई दुईसय श्ययाको करोना उपचार केन्द्र निर्माण गर्न निर्देशन दिइसकेको र विभिन्न अस्पतालमा दुईसय पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई० उपलब्ध गराएको उहाँले बताउनुभयो । रासस

यसक्रममा सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको शंकास्पद बिरामीका स्वास्थ्य जाँचमा सहयोग तथा समन्वय गरिराखेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका शङ्कास्पद २० जनाको सो भाइरसको परीक्षण गर्दा १४ को नेगेटिभ नतिजा आएको र छ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा १७४ श्ययाको आइसोलेशन कक्ष र एकहजार तीनसय श्ययाको क्वारेन्टाइन रहेको बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा १०३ र आइसोलेशनमा नौ मात्र रहेका छन् ।

सो भाइरस पहिचान गर्न एक दुई दिनमा नै प्रयोगशाला सञ्चालनमा ल्याउने र थप ८०० श्ययाको आइसोलेशन स्थापना अगाडि बढेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

निजी स्तरमा सञ्चालित नोवेल मेडिकल कलेजलाई दुईसय श्ययाको करोना उपचार केन्द्र निर्माण गर्न निर्देशन दिइसकेको र विभिन्न अस्पतालमा दुईसय पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको उहाँले बताउनुभयो । रासस


सम्बन्धित खबरहरु