‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’
सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सर्वत्र जनमानसमा त्रास पैदा भएको छ ।