‘वुहान भाइरस’ भन्ने शब्द लेख्नुपर्ने अमेरिकी दबाबलाई अरु देशले अस्वीकार गरेपछि समूहमा विभाजन आउनुका साथै वक्तव्य नै अलग्गै आएको छ ।
कोरोनाभाइरस सम्बन्धी सात राष्ट्रका विदेश मन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अमेरिकी विदेश विभागको ढिपीपछि संयुक्त वक्तव्य नै बन्न सकेन ,
अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको ती कूटनीतिज्ञले बताएको सीएनएनले जनाएको छ ।
तर विश्व स्वास्थ्य संगठनले स्पष्ट र आधिकारिक रूपमा यसलाई कोविड १९ वा कोरोना भाइरस भनिसकेको छ ।
अमेरिकी अध्यक्षतामा गठबन्धनको बैठक गरिएकाले वक्तव्य मस्यौदा गर्ने जिम्मेवारी पनि उसैको थियो । जी सेभेनमा अमेरिकासहित बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा सदस्य छन् ।