कोरोनाभाइरस: चीन र इटलीभन्दा अमेरिकामा भयावह, मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार ०७:२६ मा प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

एजेन्सी । चिनको वुहानबाट गत डिसेम्बरको अन्तिम साता फैलिएको कोभिड–१९ को संक्रमित संख्या केहि दिनसम्म चिनमा बढि थियो । तर यतिबेला चिनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भएतापनि विश्वभर फैलिने क्रम दिनप्रतिदिन बढ्दो छ ।

त्यसो त कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।

वर्ल्डओमिटरका अनुसार चिनमा हालसम्मा ८१ हजार ३४० संक्रमित छन् भने, अमेरिकामा हालसम्म ८५ हजार ३७७ संक्रमित छन् ।
इटलिमा पनि संक्रमितको संख्या ८० हजार ५८९ पुगिसकेको छ ।

चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।

ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए।

राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन्।

त्यसते त विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।

इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ।

करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।


सम्बन्धित खबरहरु