स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार ०७:०२ मा प्रकाशित ( साल अघि) ८७४ पाठक संख्या

बार्सिलोना । स्पेनमा पहिल्लो समय कोारेना भाइरसको संक्रमित हुने र मृत्यु हुनेको संख्या ह्वात्तै बढिरहेका बेला चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको जानकारी दिइन् ।
उनले संक्रमित ब्यक्तिहरु र परिबारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

उनिहरु क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका थिए ।


सम्बन्धित खबरहरु