पश्चिम नेपालको आकाशमा देखिएको त्यो अनौठो वस्तु नियोजित कि प्राकृतिक ? यस्तो छ रहस्य

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार २२:४२ मा प्रकाशित ( साल अघि) ९०६४ पाठक संख्या

काठमाडौं । केही बेर अघि आकाश बाट पृथ्वी तिर एउटा चम्किलो बस्तु खस्दै गरेको दृश्यका तस्वीरहरु सामाजिक सञ्जालमा तस्वीहरु भाइरल भैरहेको छ । धेरै मानिसहरु आतंकित भएको पाइएको छ ।

एकातिर कोरोना भाइरसको संक्रमण फैलिने चिन्ताले सताइरहेको बेला पश्चिम आकाशमा उज्यालो र द्रुत गतिमा केही बस्तु उडेको जस्तो देखिएपनि मानिसहरुमा अर्को सन्त्रास पैदा गर्यो । अझ कतिपयले यसलाई कृतिम तबरले गरिएको कुनै योजनाबद्ध काम पो हो कि भन्ने आशंका पनि गरेका छन् । तर यसबाट आत्तिनुपर्ने कुनै कारण नरहेको जानकारहरु बताउँछन् ।

वास्तवमा यो एउटा सुक्ष्म आकाशीय पिण्ड हो । अन्तरिक्षमा भएको यस्तो सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वी तिर आकर्षित हुन्छ र वायुमण्डल तिर घर्षण हुन्छ । घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुछ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ ।

त्यसमा भएका पदार्थहरु ग्यास तथा बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जानेलाई उल्का र त्यस पिण्डमा भएको पदार्थ जलेर नसकिएमा त्यो पृथ्वीको सतहमा आएर ठोक्किन्छ त्यसलाई उल्कापिण्ड भनिन्छ ।

पृथ्वी आफैमा एउटा चुम्बक भएको र चुम्बकिय शक्ती छेउमा केन्द्रित हुने भएकाले पृथ्वीको उत्तरी वा दक्षिणी ध्रुबमा, समुन्द्रमा, तथा दिउँसिको समयमा खस्ने भएकाले बार्षिक ५ लाख भन्दा बढी ऊल्का खसेपनि थोरै मात्र देखिने जानकारहरु बताउँछन् ।
आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अङ्ग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ ।


सम्बन्धित खबरहरु