उद्धार गरिएकामध्ये यद्योदय दूधनाथ थारु बहुमुखी क्याम्पस फर्साटिकरमा ११ जना राखिएको छ । शुद्धोधन गाउँपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा उनीहरुलाई १४ दिनसम्म राखिने गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेलले बताउनुभयो ।
यसैगरी तिलोत्तमा नगरपालिकाको दुर्गादत्त मावि शङ्कर नगरमा बनाइएको क्वारेन्टाइनमा १० जनालाई राखिएको छ । २५ जनाको क्षमता रहेको उक्त क्वारेन्टाइनमा सरकारको मापदण्डानुसार सबै व्यवस्थापन नगरपालिकाले गरेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।
सुनौलीमा अलपत्र परेकामध्ये आठलाई जनता मावि अमुवामा राखिएको छ । उक्त विद्यालयमा सियारी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष अयोध्या चौधरीले बताउनुभयो ।