सामाजिक सञ्जालमा सो उडानबाट कोरोनाभाइरस संक्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका–३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिनुभयो ।
कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा राखिएका ती युवाले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवार लगायत अरुलाई नआत्तिन सुझाव दिएका छन् । यता झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वास्थ रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । रासस