अलपत्र परेका ५९ पर्यटक पोखराबाट जहाजमा काठमाडौं आइपुगे

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार १९:१० मा प्रकाशित ( साल अघि) ६८२ पाठक संख्या

काठमाडौं । कोरोना भाइसरका कारण नेपालमा लकडाउन लागु गराएपछि अलपत्र परेका फ्रान्सेली पर्यटकहरुलाई लिएर बुद्ध एअरको जहाज पोखराबाट काठमाडौं आइपुगेको छ ।

पदयात्राको लागि गएका ५९ जना फ्रान्सेली नागरिक लकडाउनपछि अलपत्र परेका थिए । २४ जना पुरूष, ३४ महिला र एक बच्चा रहेका छन् । उनिहरुलाई लिन फ्रान्सेली दुतावासले बुद्ध एअरको जहाज चार्टर गरेको थियो ।

आज विहानै बुद्ध एअरको जहाज पोखरा जाने तयारी गरेपनि विभिन्न मन्त्रालयबाट अनुमती लिनुपर्दा समय लागेकाले दिउँसो मात्रै पोखरा गएको थियो । अब उनिहरुलाइ काठमाण्डौका होटलमा राखिने र फ्रान्सबाट चार्टर जहाज ल्याएर स्वदेश पठाउने तयारी रहेको छ ।


सम्बन्धित खबरहरु