पुनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।
उनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।सुरुमा ५ सय थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले बताए । चप्पल कारखाना र पेप्सीकोलामा रहेका ती गार्मेन्टले दुई–तीन दिनमा तयार गरिसक्ने बताएका छन् ।
एक साताअघि पोखरा पुगेका पुनलाई सम्पर्कक गरेर केही अस्पतालले पीपीई अभाव भएको भन्दै यसको उत्पादनका लागि आग्रह गरेका थिए । त्यसपछि पुनले यसका काठमाडौं फर्केर तत्काल सक्रियता देखाएका हुन् । उनले बजारमा पीपीईका लागि आवश्यक सामग्रीहरुको खोजी गरे । थोरै संख्यामा मात्रै पाउन सके ।
अहिले केन्द्रलाई देशभरीबाटै पीपीईका लागि माग आइरहेको छ । ४–५ हजार भए पनि नपुग्ने स्थिति रहेको उनी बताउँछन् । यसलाई कसरी वितरण गर्ने भन्ने निधो भएको छैन ।
केन्द्रले बनाएको पीपीई अन्तर्राष्ट्रिय मापदण्डको छ वा छैन भन्ने परिक्षण हुन बाँकी छ ।