लण्डनमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार १७:०८ मा प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या
काठमाडौं लण्डनमा कोरोना भाइरसको संक्रमणबाट एकको मृत्यु भएको छ ।

लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनीका ४० वर्षीय प्रशान्त अर्यालको तिन दिन अघि कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको हो।

निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरोना भाइरसका कारण उनको निधन भएको पुष्टि गरेको अस्पताललाई उद्धृत गर्दै पत्रकार भगीरथ योगीले जानकारी दिए ।

शनिबार बिहान अचानक अस्वस्थ भएका स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्‍याइएका अर्यालको सोमबार निधन भएको थियो। अर्याल श्रीमती तथा एक छोरा र एक छोरीसहित लण्डनमा बस्दै आएका थिए।


सम्बन्धित खबरहरु