कोरोना संक्रमित धादिङका युवा सवार विमानका १६९ यात्रुको खोजी हुँदै

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार १६:०४ मा प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुष्टि भएका धादिङ एक युवा आएको विमानमा उनिसंगै अन्य १६९ जना यात्रु रहेको खुलेको छ ।

उनी चैत ६ गते दुबईबाट शारजहाँ हुँदै काठमाडौं विमानमा रहेका अन्य १६९ जना यात्रुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

संक्रमित युवा शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौं आएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौं आएका हुन् ।

जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो। उनी चैत ६ गते राति राजधानीको एक होटलमा बसेका भनिएको उनि  १० गते अस्वस्थ महसुस भएपछि परीक्षणका लागि टेकू अस्पताल पुगेका थिए। मंगलबार राति उनलाई संक्रमण भएको टेकु अस्पतालले पुष्टि गरेको थियो । बुधबार स्वास्थ्य मन्त्रालयले उक्त युवा धादिङको रहेको पुष्टि गरेको थियो ।

यसअघि उक्त विमान स्वास्थ्यमन्त्रीले कतारबाट आएको बताएपनि पछि स्वास्थ्यमन्त्रीको सचिवालयले दुवइबाट आाएको पुष्टि गरेको थियो ।


सम्बन्धित खबरहरु