कोरोनासंगको लडाँइमा नेपाललाई चिनको साथ, गरे यस्तो ठूलो सहयोग

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार ०८:५१ मा प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्नको लागि नेपालसंग चिनले हातेमालो गरेको छ ।

चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ ।

सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ ।

रासस


सम्बन्धित खबरहरु