संयुक्त राष्ट्र सङ्घको चेतावनीः कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतरा छ

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार ०८:१९ मा प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

एजेन्सी । कोरोना भाईरस सम्पूर्ण मानव जातीका लागि खतरा रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको बताएका छन् ।

यसमा कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने पनि बताएका छन् ।

यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

यसअघि महासचिव गुटेरसले कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्नुपर्ने बताएका छन् ।


सम्बन्धित खबरहरु