रोकिएन कोरोना आतंक, मृत्यु हुनेको संख्या २१ हजार २ सय नाघ्यो

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार ०७:४४ मा प्रकाशित ( साल अघि) ७८७ पाठक संख्या

एजेन्सी । विश्वका १९८ देशमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण अहिलेसम्म २१ हजार २ सय जनाको मृत्यु भएको छ ।

संक्रमित ४ लाख ६८ हजार ९ सय ८ जनामध्ये मृत्यु हुनेको संख्या २१ हजार नाघेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । संक्रमित भएकामध्ये १ लाख १४ हजार २ सय १८ जना मात्रै निको भएर घर फर्किएका छन् ।

उपचार गराईरहेका ३ लाख ३३ हजार ४ सय ८७ जनामध्ये १४ हजार ७ सय ७४ जनाको अवस्था गम्भिर छ । गम्भिर हुनेहरुको अवस्था उपचाररत विरामीमध्ये ४ प्रतिशत हो । यस्तै जम्मा संक्रमितमध्ये ८४ प्रतिशत व्यक्ति उपचारपपिछ घरज फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ईटलीमा ६ सय ८३ जनाको मृत्यु भएको छ । यो संगै ईटलीमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।
ईटलीमा आज मात्रै ५ हजार २ सय १० जना नयाँ बिरामी थपिएका छन् । ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भिर छ ।

ईटलीपछि स्पेनको अवस्था थप भयावह बनेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ५६ जनाको मृत्यु भएको छ । यो संगै ईटलीमा मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । स्पेनमा ७ हजार ४ सय ५७ जना नयाँ बिरामी थपिएका छन् । ३ हजार १ सय १६ जनाको अवस्था गम्भिर छ ।
कोरोना संक्रमणको उद्गमस्थल चीनमा भने संक्रमित ज्यान गुमाउनेको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा चीनमा ६ जनाको मात्रै ज्यान गएको छ ।

चीनमा ६७ जना नयाँ बिरामी थपिएका छन् भने अहिलेसम्म ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । १ हजार २ सय ३५ जनाको अवस्था गम्भिर छ ।
विश्वभर ४६ हजार ३ सय ३१ जना नयाँ बिरामी थपिएका छन् ।


सम्बन्धित खबरहरु