क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभयो । यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो । उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ ।
यसैगरी गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा९होम क्वारेनटाइन० मा राखिएको छ । उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनुभयो । भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ । रासस