पाकिस्तानमा तीनजना पत्रकारलाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार २१:३८ मा प्रकाशित ( साल अघि) ३९६ पाठक संख्या

इस्लामाबाद । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला पाकिस्तानमा तीनजना पत्रकारलाई भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको त्यहाको डेली टाइम्स अनलाइनले जनाएको छ ।

तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

 

पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन्।हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ।’


सम्बन्धित खबरहरु