कोरोना भाइरस : काठमाडौं महानगर क्षेत्रभित्र ‘डिसइन्फेक्सन स्प्रे’ छर्कन शुरु

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार १८:५९ मा प्रकाशित ( साल अघि) ६२२ पाठक संख्या

काठमाडौं । काठमाडौं  महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।

गत डिसेम्बरको अन्तिम साता चिनको वुहानबाट विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) नेपालमा पनि प्रवेश गरेसंगै आवश्यक सावधानीहरु अपनाउन थालिएको छ । महानगरपालिकाले भाइसरको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यका अनुसार काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने विरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ। ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’ मेयर शाक्यले भने ।

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने छ ।


सम्बन्धित खबरहरु