लकडाउन उल्लघंन गर्नेलाई लाठी, झापड र मुर्गा, प्रहरीलाई पनि कारबाही हुने

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार १७:०७ मा प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

काठमाडौं । बुधबार बिहानदेखि नै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। सुनसरी खनारको उक्त भिडिओमा दुई प्रहरीले साइकल चलाएर आइरहेका एक युवालाई लाठीले हानेको देखिन्छ।

नेपाल सरकारले विश्वव्यापी माहामारी कोरोना भाइसरको जोखिम न्युनिकरण गर्न मंगलबार बिहान ६ बजेदेखी नै लकडाउन लगाएका थियो ।
सरकारको यस्तो आग्रहलाई अवज्ञ गरेको भन्दै प्रहरीले गरेको त्यस्तो व्यवहारलाई कतिपयले गाली गरेका छन् भने केहीले तारिफ।

इटहरी प्रहरी कार्यालयबाट खटिएका दुई हवल्दारले साइकल चालकलाई चार पटकसम्म लाठी हानेर फिर्ता पठाइदिएका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए।

उता भैरहवामा प्रहरीले स्थानीयलाई लक डाउन तोडेको भन्दै मुर्गा बनाएको छ। देवकोटा चोकदेखि पश्चिमतर्फको सडक किनारमा साइकलमा आएका १२ जनालाई मुर्गा बनाइएको हो। सडकको जेब्राक्रममा साइकल ठड्याएर उनीहरूलाई घोप्टो पारेर मुर्गा बनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने कसैलाई पनि मुर्गा बनाउनेजस्तो सजाय नदिइएको दाबी गरेको छ।

‘हामीले कसैलाई पनि मुर्गा बनाउने, पिट्नेजस्ता काम नगर्न निर्देशन दिएका छौं। प्रहरीले मुर्गा बनाएको होला भन्नेमा मलाई विश्वास लाग्दैन,’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग खत्रीले सेतोपाटीसँग भने।

त्यस्तै दाङमा एक जनालाई प्रहरीले लक डाउनको अवज्ञा गर्नेलाई उठबस गर्न लगाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले उठबस गराउने प्रहरीलाई पनि कारबाही गर्ने बताएका छन्।

सुर्खेतमा लक डाउन उल्लंघन गरेको भन्दै प्रहरीले केही व्यक्तिलाई १० मिनेटसम्म बीच सडकमा बस्न लगाएको थियो।

यता भक्तपुरको मध्यपुर ठिमी बाहाखा बजारमा लक डाउनमा बाहिर निस्केको भन्दै सशस्त्र प्रहरीले बीच सडकमा तीन जनालाई घोप्टो पारेर लाठी हानेको छ।


सम्बन्धित खबरहरु