विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ हजार ३२६ निको भएका छन्।
त्यस्तै चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ। मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ।
तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ।
अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन्।
यस्तै चीनमा ४७ नयाँ संक्रमित भेटिएका छन्। ती सबै बाहिरबाट आएका यात्रुमा देखिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै थप ४ जनाको संक्रमणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
त्यस्तै मंगलबार ४९१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।