चिनमा फेरि हान्ता भाइरसको आतंक, के हो हान्ता भाइरस?

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार ००:४२ मा प्रकाशित ( साल अघि) ९२३ पाठक संख्या

एजेन्सी । चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हान्ता भाइरसको कारण मृत्यु भएको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइसरको युद्द सकिदा नसकिदै फेरि चीनले अर्को नयाँ भाइरसको सामना गर्नुपरेको छ ।

पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ प्रान्त फर्किरहेका थिए । उनमा हान्ता भाइरस पोजिटिभ देखिएको थियो । उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएडको छ । चीनको सरकारी समाचारपत्र ‘ग्लोबल टाइम्स’ ले यो खबर प्रकाशन गरेको थियो ।

के हो हान्ता भाइरस?

हान्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।

विशेषज्ञहरूका अनुसार कोरोना भाइरस जस्तै हान्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावा मार्फत् फैलिँदैन ।

यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

 

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, वान्ता हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।
यदि समयमै उपचार नपाएमा हान्ता भाइरस संक्रमित मानिसको मृत्यु पनि हुन सक्छ ।

हान्ता भाइरस संक्रमणबाट मृत्यु हुने दर ३८ प्रतिशत रहेको छ ।


सम्बन्धित खबरहरु