यसअघि सुरुमा चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको र उनी उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।
मङ्गलबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्का एक जना को रोमा सङ्क्रमितको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
फ्रान्सबाट कतार ट्रान्जिट भएर फर्किएकी १९ वर्षकी युवतीको उपचार भइरहेको हो ।
यस्तै कोरोनाको आशङ्कामा अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जना आईसोलेशनमा उपचाररत छन् ।
यस्तै कोरोनाबारे पाँच हजार दुई सय ४१ पटक फोन आएको पनि मन्त्रालयले जनाएको छ ।