कोरोना कहर : इतिहासमै पहिलोपटक सर्यो ओलिम्पिक्स

ओकेखबर संवाददाता ११ चैत्र २०७६, मंगलवार २३:०० मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरसका कारण सन् २०२० जुलाई महिनामा आयोजना हुने भनिएको टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको छ ।

एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी) का प्रमुखले सहमति जनाएका हुन्।

प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताए।

यसअघि न्यूजिल्याण्ड र अमेरिका समेतले ब्रिटेन, क्यानाडा र अस्ट्रेलियालाई पछ्याउँदै सन् २०२० को टोक्यो ओलिम्पिक्सको मिति सार्न माग गर्ने कित्तामा उभिएको जनाएका थिए।

यसअघि आइओसीले प्रतियोगिता रद्द गर्ने आफ्नो एजेन्डा नभए पनि त्यसलाई सानो स्वरूपमा लैजान सकिने विकल्पबारे भने सोचिने जनाएको थियो। टोक्यो पारालिम्पिक्स समेत अर्को वर्षसम्मलाई सारिनेछ।

१२४ वर्षको आधुनिक इतिहासमा सन् १९१६, १९४० र १९४४ मा ओलिम्पिक्स रद्द गरिएको थियो। त्यसबेला प्रथम र द्वितीय विश्वयुद्ध भएका थिए। बीबीसी


सम्बन्धित खबरहरु