पढ्न अस्ट्रेलिया गएका विद्यार्थीबीच ‘ग्याङफाइट’, एक नेपाली विद्यार्थीको मृत्यु

ओकेखबर संवाददाता ११ चैत्र २०७६, मंगलवार २३:१७ मा प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

एजेन्सी । सिड्नीको हर्षभिलमा नेपाली युवाबीच ग्याङफाइट हुँदा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन्।

दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको दुई पक्षबीच भेट भएपछि केही विवाद भएको र पबको सुरक्षाकर्मीले पाँच जनाको एक समूहलाई पबबाट बाहिर निकालेको वषयमा विवाद हुँदा ललितपुर इमाडोल घर भएका ती युवक गम्भीर घाइते भएका थिए।

पबभित्रको सानो झगडालाई लिएर बाहिर बसेको समूहले आक्रामक व्यवहार देखाउँदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो।

पवबाट निकालिएका समूहको एक व्यक्ति पनि अस्पतालामा उपचाररत छन्।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केही भन्ने अवस्था नरहेको जनाएको छ।

झैझगडामा सामेल सबै उच्च अध्ययन गर्न अस्ट्रेलिया आएका विद्यार्थी हुन्। केही स्थानीय फुटबल क्लबमा आवद्ध खेलाडी समेत छन्।


सम्बन्धित खबरहरु