कोरोना सन्त्रासले तथा बिशुको पूर्वसन्ध्यामा स्वदेश आएका नेपालीहरूले पश्चिमी नाका कैलालीको गौरीफन्टामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
सरकारले आजदेखि देश नै लकडाउन (बन्दाबन्दी) गरेपछि सीमानाकाबाट नेपाल आउन लागेका सयौँ नेपालीहरू भारतमै अलपत्र पर्ने स्थिति आएपछि प्रदर्शन भएको बताइएको छ । संकटको बेलामा पनि आफ्नो देशमा फर्किन नदिएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
सरकारले मुलुकभर मांगलबार बिहान देखि ‘लकडाउन’ गरेको छ । यसैबेला भारतका विभिन्न शहरहरुबाट नेपाल आउँदै गरेका नेपालीहरु सीमा नाकामा बिचल्लीमा परेका छन् ।
यसअघि सरकारले सीमानाकाबाट सबै नेपालीलाई नेपाल भित्र्याएको थियो । तर, भारतबाट नेपाल आएकाहरूबाट कोरोनाको जोखिम बढेपछि आजबाट सरकारले सम्पूर्ण सीमा नाका बन्द गरेको हो । देशमा समेत आजबाट एक हप्ताका लागि लकडाउन गरी कडा सबैलाई कोरोना विरुद्धको अभियानमा सहयोग गर्न सरकारले अपिल गरेको छ ।