नेपाल लकडाउन : घरबाट बाहिर निस्कन प्रतिबन्ध

ओकेखबर संवाददाता १० चैत्र २०७६, सोमबार १९:५५ मा प्रकाशित ( साल अघि) ३७० पाठक संख्या

काठमाडौ। कारोना भाइरस (कोभिड १९) ले नेपालमा पनि प्रवेश गरेसंगै नेपाल सरकारले भोली मंगरबारदेखी नेपालमा लकडाउन गराउने भएको छ ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट १८ गते विहान ६ बजेसम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक १९वर्षीय युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यससंगै सम्भावित जोखिमलाई न्युनिकरण गर्न सरकारले भोलीदेखी घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

 


सम्बन्धित खबरहरु