आज: 

फ्रान्सबाट आएका एक नेपालीलाई कोरोना संक्रमण पुष्टि : स्वास्यमन्त्रि

ओके खबर १० चैत्र २०७६, सोमबार १३:०२ मा प्रकाशित ( साल अघि) ७०६ पाठक संख्या

काठमाडौँ । फान्सबाट नेपाल आएका १९ वर्षकी एक जना नेपालीलाई कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।
फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।


सम्बन्धित खबरहरु