उनले भारतिय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएको भन्दै तत्काल उचित व्यवस्था गर्नुपर्ने पनि बताए ।
सरकारले ति ब्यक्तीहरुको लागी प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरेर उनीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउँनु पर्ने पनि बताए ।
मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको कोरोना भाइरसको परिक्षण गरिनुपर्ने र केही समयका लागि लक डाउन नै गर्नुपर्ने अवस्था आएको उनले बताए ।