आज: 

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना नभएको पुष्टि

ओके खबर ९ चैत्र २०७६, आईतवार २२:३२ मा प्रकाशित ( साल अघि) २७७ पाठक संख्या

काठमाडौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटालाई कोरोना भाइरसको आशंका गरिएपनि नमुना परिक्षणको रिपोर्टमा नेगेटिभ आएको छ ।
कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका रुगांटालाई संक्रमण नदेखिएको पुष्टि भएको हो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको जनाएको छ ।

त्यसो त यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको अस्पतालले जनाएको हो ।


सम्बन्धित खबरहरु