दुवइबाट आएका वीगन्जका एकजनालाई कोरोना संक्रमणको आशंका

ओकेखबर संवाददाता ९ चैत्र २०७६, आईतवार १९:५२ मा प्रकाशित ( साल अघि) ८२० पाठक संख्या

काठमाडौं । वीरगन्जमा एकजनालाई कोरोना संक्रमण आशंका भएको छ ।  केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो ।

त्यहाँ उनको चेकजाँचका क्रममा कोरोनाको आशंका भएपनि हालसम्म पुष्टि नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । विस्तृत विवरण भने आउन बाँकी रहेको उहाँले पनि जानकारी दिनुभयो ।

स्रोतका अनुसार कोरोनाको आशंका गरिएपछि ती बिरामीलाई पर्साको कुनै पनि अस्पतालले लिन मानेका थिएनन् । त्यसपछि उनलाई उपचारका लागि पटना लगिएको थियो ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।


सम्बन्धित खबरहरु