ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीका अनुसार मर्स्याङ्दीमा यात्रुवाहक बस खस्दा १२ जना घाइते भएका छन् ।
पोखराबाट नेपालगन्जका लागि छुटेको ना.५ख ४२९४ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो ।
बस सडकबाट झन्डै सय मिटर तल नदीमा खसेको जनाइएको छ । दुर्घटना भएको बसमा कति यात्रु सवार थिए भन्ने स्पष्ट नभएको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।