आइतबार दिउँसो गुजरातमा कोरोना संक्रमित ६७ वर्षीय वृद्धको अस्पतालमा उपचारको मृत्यु भएपछि भारतमा कोरोना संmमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा पहिलो कोरोना पोजिटिभ केस गुजरातको सूरतबाट नै आएको थियो र पहिलो मृत्यु पनि सुरतमा नै भयो ।
गत डिसेम्बरको अन्तिम सातादेखि चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्व महामारीको रुप लिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेका थिए । भारतमा अहिलेसम्ममा ३४१ जना कोरोना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।