पछिल्लो २४ घण्टामा ईटलीमा थप सात सय ९३ जनाको मृत्यु भएको छ । यो संगै ईटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।
यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।
सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर ननिस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
ईटलीपछि सबैभन्दा धेर स्पेनमा एकैदिन दुई सय ८५ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १३ सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका १८८ देशमा १६ सय ३८ जनाको मृत्यु भएको छ । ३१ हजार २ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।
३ लाख ६ हजार भन्दा धेरै संक्रमितमध्ये ९ हजार ३ सय ८२ जनाको अवस्था गम्भिर छ