तर, सवारी ऐनमा उल्लेख भएअनुसार लामो दुरी भन्नाले २५० किलोमिटर भन्दा माथिकालाई बुझ्न सकिन्छ । २५० किलोमिटरभन्दा धेरै दुरीलाई लामो दुरी भनेर सवारी ऐनले किटान गरेपनि सरकारले भने यति नै दुरीलाई लामो दुरी भनिन्छ भनेर किटान नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सुचना अधिकारी एवं एसपी जीवनकुमार श्रेष्ठले उल्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सवारी ऐन अनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दुरीलाई मझ्यौला दुरी (रुट) भनिन्छ ।
यस्तै २५ देखि १ सय किलोमिटरसम्मको दुरीलाई छोटो दुरी (रुट) भनेर व्याख्या गरिएको छ । २५ किलोमिटर भन्दा तलको दुरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिउको महाशाखाले जनाएको छ ।
सवारी ऐनमा भएको व्यवस्था र सरकारले गरेको घोषणा अनुसार १० गतेदेखि २५० किलोमिटर भन्दा धेरै दुरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटर भन्दा कमका लागि कुनै रोकतोक छैन ।
यस्तै सरकारले सार्वजनिक गाडी बाहेक अरु गाडी चलाउन पाउने की नपाउने भन्ने विषयमा पनि एकिन गरेको छैन । मोटरसाईकल, ढुवानी लगायत गाडीमा रोक लाग्छ की लाग्दैन भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा छ ।