अडियोमार्फत कोरोना भाइरसबारे भ्रम फैलाउने एक युवक पक्राउ

ओकेखबर संवाददाता ८ चैत्र २०७६, शनिबार १७:०१ मा प्रकाशित ( साल अघि) १०६३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसबारे भ्रम फैलाउने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगर हुन् ।

 

थापालाई नेपाल प्रहरीको साइबर ब्यूरोले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको हो ।

 

उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । त्यही अडियो म्यासेन्जरमा भाइरल भैरहेको थियो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार थापाको थप अनुसन्धान भैरहेको छ । यसैगरि कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको भन्दै यस्तो अफवाह फैलाउनेलाई पक्राउ गरी कारबाही गरिने बताएका छन् ।


सम्बन्धित खबरहरु