ईटलीमा मात्रै ४ हजार भन्दा धेरैको मृत्यु, संक्रमण १८५ देशमा फैलिएसँगै अवस्था भयावह

ओकेखबर संवाददाता ८ चैत्र २०७६, शनिबार ०७:३९ मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

एजेन्सी । कोरोना भाईरसको संक्रमणका कारण विश्वभरको अवस्था भयावह बन्दै गएको छ । संक्रमणको कारण ईटलीको अवस्था सबैभन्दा धेरै भयावह बन्दै गएको छ ।

पछिल्ला तथ्यांक अनुसार सबैभन्दा धेरै ईटलीमा ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा झण्डै १ हजारले बढि हो । चीनमा अहिलेसम्म संक्रमणका कारण ३२ सय ५५ जनाको ज्यान गएको छ । आज चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ । तर, ईटलीमा आज एकैदिन ६ सय २७ जनाको मृत्यु भएको छ ।

ईटलीको अवस्था नियन्त्रण बाहिर छ । ईटलीमा अहिलेसम्म ४७ हजार २१ जना संक्रमित भएकामा ५ हजार १ सय २९ जना मात्रै निको भएर घर फर्किएका छन् । ३७ हजार ८ सय ६० जनाको उपचार भैरहेको छ भने २ हजार ६ सय ५५ को अवस्था गम्भिर छ । आज मात्रै ५ हजारन ९ सय ८६ जना नयाँ बिरामी थपिएका छन् ।

विश्वका विभिन्न १ सय ८५ देशमा फैलिएको यो संक्रमणका कारण अहिलेसम्म ११ हजार ३ सय ९७ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६६ जनाको ज्यान गएको छ । संक्रमित २ लाख ७५ हजार ७ सय ४१ जनामध्ये ९१ हजार ९ सय १२ जना निको भएर घर फर्किएका छन् । ३० हजार ८ सय ८ जना नयाँ बिरामी थपिएका छन् । ७ हजार ७ सय ६५ जनाको अवस्थाथ गम्भिर छ ।


सम्बन्धित खबरहरु