कोरोना प्रभाव : देशभरका अदालत ९ देखी २१ गतेसम्म बन्द
ओकेखबर संवाददाता
७ चैत्र २०७६, शुक्रबार २१:५१ मा प्रकाशित (४ साल अघि)
४५५ पाठक संख्या
काठमाडौं । कोभिड–१९ को प्रभाव देशभरका अदालतमा पनि परेको छ । बन्दी प्रत्यक्षीकरणको रिटबाहेक नहेर्नेगरी देशभरका अदालत दुई सातासम्म बन्द हुने भएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको पूर्ण इजलासले आगामी २२ चैतसम्म अदालतका नियमित मुद्दा नहेर्ने गरी बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना प्रभावबाट जोगिनका लागि संसदका बैठक स्थगित छन् ।