कोरोना विरुद्धको तयारीका लागि जर्मनीद्वारा नेपाललाई १० लाख युरो अनुदान
ओकेखबर संवाददाता
७ चैत्र २०७६, शुक्रबार २१:२४ मा प्रकाशित (४ साल अघि)
४५८ पाठक संख्या
काठमाडौं । विश्व महामारी कोरोना भाइरस विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ । रासस