हराएका ८ वर्षीय बालक मृ*तावस्थामा फेला

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १९:५९ मा प्रकाशित ( साल अघि) ६७६ पाठक संख्या

बाँके । तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृ*तावस्थामा फेला परेका छन् ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृ*तावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिनुभयो ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नी*लडाम भएको अवस्थामा आज बिहान १०ः१५ बजे श*व फेला परेको उहाँले बताउनुभयो । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । रासस


सम्बन्धित खबरहरु