लामो दूरीका सार्वजनिक गाडी चलाउन नपाइने, अन्तर्राष्ट्रिय उडान बन्द हुने

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १८:४३ मा प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारले चैत १० गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएउने पनि बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । यस्तै चैत ९ देखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय हवाई उडान रोक लगाएको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा संकुचन आउन नदिन छिट्टै कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउँदै सीमा नाकामा अनिर्वाय स्वास्थ्य जााचको व्यवस्था मिलाइएको बताउनुभएको छ ।
यसैतगरि प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने पनि बताउनु भएको छ ।


सम्बन्धित खबरहरु