कोरोनाविरुद्ध सरकारको तयारी तीव्र

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १०:०१ मा प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

काठमाडौं । चिनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास नेपालमा पनि त्रास भएपछि नेपाल सरकारले पनि तयारी तिव्र पारेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपाय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

चिकित्सकहरूले पनि कोरोना भाइरस नभित्रिएकाले आत्तिनपर्ने अवस्था नभएको बताएका छन् । प्रदेश सरकारलाई आवश्यक आइसोलेसन बेड तयारी अवस्थामा राख्न उच्चस्तरीय समन्वय समितिले निर्देशन दिइसकेको छ । प्रदेश सरकारहरूले पनि आइसोलेसन बेड बनाउने कार्यलाई अघि बढाइसकेका छन् । यस्तै, विमानस्थलमा थर्मल गनसहित स्वास्थ्यकर्मी दिनरात खटिएका छन् । जिल्लाजिल्लामा कोरोना भाइरस संक्रमणबाट बच्न सचेतना पैदा गर्ने काम भइरहेको छ ।

आवश्यकताअनुसार कम्तीमा १ सय १५ वटा आईसियू बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । यस्तै, स्वास्थ्य सामग्रीहरू र कीट अभाव हुन नदिने गरी सरकारले तयारीलाई तीव्र पारेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरूलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको तयारी छ ।

सरकार देशभरका अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण गर्ने तयारीमा छ । चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन (इन्फाइरेड थर्ममिटर) सहयोग गरेको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार बढीको जनाको ज्यान गएको छ भने २ लाख २२ हजार ६ सय ४३ जनामा संक्रमण देखिएको छ । १ सय ५९ देशमा कोरोना संक्रमणको प्रभाव परेको छ ।


सम्बन्धित खबरहरु