कोरोनाभाइरस : चितवनमा बन्यो ७२ घण्टाभित्रै ७० शैयाको अस्पताल

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार ०९:५० मा प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

काठमाडौं । चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थायी अस्पताल तयार भएको छ।

आजै बिहान ११ बजे अस्पतालको शुभारम्भ गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।
भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। ५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो। आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ। अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ।


सम्बन्धित खबरहरु