कोरोनाभाइरस : ५३ जना विदेशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता

ओकेखबर संवाददाता ६ चैत्र २०७६, बिहीबार १७:३० मा प्रकाशित ( साल अघि) ५३८ पाठक संख्या

काठमाडौं । विश्वभर फैलिएको महामारी नोबेल कोरोनाभारस संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ जना विदेशी नागरिक फिर्ता पठाइएको छ ।

नेपाल भित्रिन लागेका विदेशीहरुले स्वाब टेस्टको प्रमाणपत्र नल्याएको ४४ विदेशी नागरिक चीन, इटली, हङ्‌कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका नागरिकलाई फिर्ता पठाईको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयले जनाएको छ ।

त्यसो त शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई अन अराइभल भिसा नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो।

उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्।


सम्बन्धित खबरहरु