कोरोना सन्त्रास : एसइई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

ओकेखबर संवाददाता ५ चैत्र २०७६, बुधबार १८:४५ मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या
काठमाडौं । चैत ६ गते बिहीबारदेखि भरपुर तयारीका साथ  हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

एसइई को हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर  यस्तो निर्णय गरेको र एसइई  परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने  उपप्रधानमन्त्री पोखरेलले बताए।

 


सम्बन्धित खबरहरु